बिर्तामोड, पुष ६ । झापाका नौवटा लायन्स क्लबको संयुक्त आयोजनामा सोमबार बिर्तामोडमा डिस्ट्रिक्ट गभर्नर सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

लायन्स क्लब डिस्ट्रिक्ट ३२५ नेपाल मल्टिपल काउन्सिल चियर पर्सन सेकेन्ड सेन्चुरी एम्बासडर इन्द्र खत्री राजनको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नयाँ क्लब बिर्तामाड स्मार्ट लेडीलाई सदस्यता प्रदान गरिएको थियो । त्यस्तै, नौवटा क्लबका दुई दर्जन नयाँ सदस्यलाई लायन्स पिन प्रदान गरियो ।
कार्यक्रममा प्रमुख अतिथि खत्रीले लायन्सको उद्देश्य सेवा गर्नु भएकाले शुद्ध मनले सबै लायन्स सदस्यहरुलाई सेवाको कार्यमा दत्तचित्त भएर लागिपर्न आग्रह गरे । त्यस्तै, लायन्स क्लब डिस्ट्रिक्ट ३२५ए १ का डिस्ट्रिक्ट गभर्नर टंकबहादुर श्रेष्ठ, जिएसटी मल्टिपल कोअर्डिनेटर सेकेन्ड सेन्चुरी एम्बासडर अनन्तप्रसाद भेट्वाल, ३२५ए १ का फस्र्ट भाइस डिस्ट्रिक्ट गभर्नर रेवतबहादुर कार्की, ३२५ए १ का सेकेन्ड भाइस डिस्ट्रिक्ट गभर्नर कर्मा गुरुङ, मल्टिपल चियर लीलाकुमार ढुंगेलले शुभकामना व्यक्त गरेका थिए ।
३२५ए १ का डिस्ट्रिक्ट कोअर्डिनेटर लीलाप्रसाद चिमरियाको अध्यक्षतामा भएको कार्यक्रममा नौवटा क्लबका झन्डै दुई सय लायन्स सदस्यको उपस्थिति रहेको थियो । कार्यक्रमको आयोजना लायन्स क्लबहरु कनकाई सुरुङ्गा, शिवसताक्षी, बिर्तामोड, बिर्तामोड सिटी, बिर्तामोड लेडी, धाइजन चारआली, भद्रपुर, मेचीनगर र अनारमनीले संयुक्तरुपमा गरेका थिए ।

तीनजना सम्मानित
कार्यक्रमको अवसर पारेर लायन्स क्लब अफ बिर्तामोड सिटीले तीनजनालाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा नेपाल फोटो पत्रकार महासंघ झापाका अध्यक्ष विनोद पाण्डे, साहित्यकार भगवती ढुंगेल र क्लब स्थापनामा महत्वपूर्ण भूमिका खेलेका रिजन चियरपर्सन रुपनारायण खतिवडा रहेको पूर्वअध्यक्ष नीरज ओलीले जानकारी दिए ।
क्लबका अध्यक्ष घनश्याम चौधरीका अनुसार सम्मानित व्यक्तित्वहरुलाई सम्मानपत्र र दोसल्ला प्रदान गरिएको थियो । क्लबले प्रत्येक वर्ष समाजका विभिन्न क्षेत्रका प्रतिभाहरुलाई सम्मान गर्ने योजना बनाएको छ ।एरिया कोअर्डिनेटर सत्यनारायण शर्माले सहजीकरण गरेको कार्यक्रममा लायन्सका दुई पूर्वअध्यक्षहरु लीलाप्रसाद चिमरिया र नीरज ओलीलाई लायन्स इन्टरनेसनलबाट प्रदान गरिएको बेस्ट प्रसिडेन्ट अवार्ड उपलब्ध गराइएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्