बिर्तामोड , पुष ६ । साविक चारपाने गाविसका पूर्व वडा सदस्य देवचरण राजवंशीको आज बेलुका निधन भएको छ ।

बिर्तामोड २ निवासी राजवंशी ६७ वर्षका थिए । नेकपाका पार्टी सदस्य राजवंशी केही समयदेखि अस्वस्थ्य रहेको वडा अध्यक्ष नगेन्द्र संग्रौलाले बताए । उनको भोलि १० बजे कन्काई आर्यघाटमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्