भद्रपुर, पुष ७ । भद्रपुर नगरपालिकाले प्रदेश १ को पहिलो बालमैत्री शासनयुक्त नगरको इतिहास रचेको खुसियालीमा एमरल्ड एकाडेमी बाल क्लब भद्रपुर ७ ले ८ सय वटा माक्स निशुल्क वितरण गरेको छ ।

कोरोना महामारी नसकिएको सचेतना गर्दै भद्रपुर नगरक्षेत्रको चन्द्रगढी बजार, सगरमाथा चौंक तथा बजारक्षेत्रमा एमरल्ड बाल क्लबका अध्यक्ष आरोग्य तिम्सिनाको नेतृत्वमा निशुल्क माक्स वितरण गरिएको हो ।
सामाजिक उत्तरदायित्वअन्तर्गत बाल क्लबका बालबालिकाहरूले समाजमा कोरोना संक्रमण न्यूनीकरण गर्न सचेतना गराउँदै माक्स वितरण गरेका हुन् । वितरण कार्यक्रममा प्रिन्सिपल डिगम्बर अधिकारीको समेत सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्