बिर्तामोड , पुष ८ । प्रतिबन्धित ब्राउनसुगरसहित बिर्तामोडमा आज एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका ५ बस्ने २१ वर्षिय संजय तामाङ रहेका छन् । आज दिउँसो २.३० बजे बिर्तामोड १ शान्ति टोलमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे. ८ प. ३४२८ नं. को मोटरसाईकललाई सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय बिर्तामोड र लागु औषध नियन्त्रण व्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा तामाङले आफ्नो शरीरको बिभिन्न भागमा लुकाईछिपाई राखेको २६ ग्राम ब्राउनसुगर फेला पारेको हो । उनलाई मोटरसाइकलसहित ईलाका प्रहरी कार्यालय बिर्तामोडमा राखी आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्