बिर्तामोड , पुष ८ । संसद विघटन भएको बेला वहुलराष्ट्रिय मोर्चाले सामुदायिक सत्ता पुनर्स्थापनाको माग गरेको छ ।

मोर्चाले ऐतिहासिक आदिवासी समुदायहरुको सामुदायिक सत्ता पुनर्स्थापनाका लागि वहुलराष्ट्रिय विद्रोहको तयारीमा जुटन नेपालका सिमान्तकृत आदिवासी, मधेसी, दलित, मुस्लिम, पिछडाबर्ग लगायतलाई आव्हान समेत गरेको छ । मोर्चाले बुधबार एक विज्ञप्ति जारी गरी विश्वभरिनै असफल भैसकेको उदारवाद र माक्र्सवादको विकल्पमा आदिवासीवादको सामाजिक सिद्धान्त अपरिहार्य बनेको जनाएको छ ।
संसद पुनर्स्थापना वा निर्वाचन अबको निकास हुन नसक्ने ठहर गर्दै मोर्चाले अबको निकास भनेको नेपालका ऐतिहासिक राष्ट्रहरुको सहमति र सहभागितामा वहुलराष्ट्रिय सभामार्फन नयाँ संविधान जारी गरी आत्मनिर्णयको अधिकार र स्वायत्तता सहितको परिसंघीय वहुलराष्ट्रिय राज्य नेपाल स्थापना गर्नुपर्नेमा जोड दिएको छ । मोर्चाका तर्फबाट संघीय लिम्बूवान पार्टीका अध्यक्ष सन्जुहाङ पालुङवा, कोचिला एकता मोर्चाका अध्यक्ष दिनेश राजवंशी , संघीय खम्बूवान लोकतान्त्रिक पार्टीका महासचिव राजकुमार खम्बू र मगरात संघर्ष समितिका संयोजक
राम मगरले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्