दमक, पुष ८ । ख्रीष्टमसको अवसर पारेर बुधबार झापाको दमकमा आयोजना गरिएको खुल्ला रक्तदानमा ६० पिन्ट रगत संकलन भएको छ ।

दमक नगर ईसाई समाजले नेपाल रेडक्रस सोसाइटी उपशाखामा आयोजना गरेको रक्तदान कार्यक्रममा ६० पिन्ट रगत संकलन भएको समाजका अध्यक्ष पाष्टर आकाश थुलुङ राईले बताए।
इसाई समाज दमकको यो ४१ औं खुल्ला रक्तदान कार्यक्रम हो । कार्यक्रममा ६६औं पटक रक्तदान गर्ने पूर्वाञ्चल रक्तदाता समाजका संस्थापक अध्यक्ष तथा रक्तदान अभियानकर्मी विकल्प सुब्बालाई प्रशंसा–पत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

यसैगरि बुधबार नै इसाई समाजले दमक–२ स्थित हाम्रो बाल आश्रममा आश्रित बालबालिका र दमक–५ स्थित जेष्ठ नागरिक सम्मान प्रतिष्ठानमा आश्रित जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गरेको इसाई समाज दमक नगरका अध्यक्ष राईले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्