भद्रपुर , पुष ८ । प्रहरीले लागु औषधसहित दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भद्रपुरका दुई युवा रहेका छन् । बिशेष सूचनाको आधारमा प्रहरी चौकी मेचीपारी झापाबाट खटिएको प्रहरी टोलीले आज साँझ ५.३० बजे भद्रपुर ३ झोलुङ्गे पुलमा भारतबाट नेपालतर्फ मे२प ४३१८ नं. को मोटरसाइकलमा आउँदै गरेका भद्रपुर २ बस्ने बर्ष ३६ का दिपक राई र पछाडि सवार सोही ठाउँका ३५ वर्षिय शेरबहादुर बस्नेतलाई लागुऔषधसहित पक्राउ गरेको हो ।

उनीहरुको साथबाट Eskuf syrup- थान १०, नाईट्रोजन १०४ पिस, उईनपास मोफोट ७२ पिस, लुपिजेसिक ८ एम्पुल, फेनारगन ८ एम्पुल, डाईजेपाम ८ एम्पुल र गाँजा २०० ग्राम फेला परेको छ । दुबै जनालाई तत्कालै नियन्त्रणमा लिई बरामद लागूऔषध र मोटरसाइकलसहित आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको लागि वडा प्रहरी कार्यालय भद्रपुरमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आजै ब्राउनसुगरसहित बिर्तामोड नगरपालिका ५ बस्ने २१ वर्षिय संजय तामाङ पक्राउ परेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्