झापा , पुष ९ । बेलायतमा देखिएको कोरोना भाइरसको नयाँ प्रकारलाई लिएर अन्तर्राष्ट्रिय रूपमा चिन्ता बढ्दै गएका बेला नेपाल सरकारले बेलायतबाट नेपाल आउन आजदेखि प्रतिबन्ध लगाएको छ।

तर विज्ञहरूले नेपालमा कोरोना भाइरस महामारी मच्चिइरहेकै बेला परीक्षण कम गरेकोप्रति गम्भीर चिन्ता प्रकट गर्दै भाइरसले खेल्ने ठाउँ धेरै पाए नेपालमै पनि नयाँ कोरोना भाइरसको प्रकार उत्पत्ति हुनसक्ने बताएका छन्। नेपाल र बेलायतबीच सिधा हवाई सेवा नभए पनि विभिन्न देश हुँदै बेलायतबाट मानिसहरू आउने गरेका छन्।
सोमवार नै नागरिक उड्ययन प्राधिकरणले सबै वायुसेवालाई बुधवार राति ११ः५९ पछि बेलायतबाट वा बेलायत हुँदै नेपाल आइपुग्ने यात्रुहरूलाई नल्याउन निर्देशन दिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्