झापा , पुष ९ । प्रदेश १ लाई सडक मानवविहीन बनाउने अभियानका क्रममा झापामा रहेका सडक मानवहरुको आज उद्धार गरिने भएको छ ।

जिल्लाका १५ वटै पालिकामा अलपत्र सडक मानवहरुलाई उद्धार गरेर विराटनगर लगिने भएको हो । कनकाई नगरपालिकाको खानेपानी कार्यालयको परिसरमा सबैलाई भेला गरेर त्यहाँबाट मानव सेवा आश्रममा पुनस्र्थापना गरिने कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले बताए ।उनले अहिलेसम्म ३९ जना सडक मानवको जानकारी आएको बताए । सडक मानवको उद्धार र पुनस्र्थापनाका लागि प्रदेश सरकारका सामाजिक विकास मन्त्री जीवन घिमिरे आउने भएका छन् । सडक मानवहरुको उद्धार तथा पुनस्र्थापनाका लागि मेची महाकाली यात्रा शुरु गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्