दमक,पुष ९ । झापाको कमल गाउँपालिका वडा नम्बर ७ बिष्णुकठ्ठास्थित सिंहदेवी आधारभूत बिद्यालयका एक पूर्वविद्यार्थीले एक थान कम्प्यूटर प्रिन्टर दिएका छन् ।

विद्यालयको शैक्षिक गुणस्तर अभिबृद्धि गर्न सघाउ पुर्याउने उद्देश्यले हाल काठमाण्डौ निवासी नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चका केन्द्रिय अध्यक्षसमेत रहेका गणेशप्रसाद लकान्द्रीले एक थान कम्प्यूटर प्रिन्टर दिएका हुन् ।
आज विद्यालयमा एक कार्यक्रमका बीच उक्त सामग्री दाता लकान्द्रीका बुवा रामप्रसाद लकान्द्रीले विद्यालयका प्रधानाध्यापक सुरेन्द्र राईलाई हस्तान्तरण गरे ।
शैक्षिक सामग्री सहयोग हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन संयोजन समितिका संयोजक ओमनाथ तिम्सिनालगायतको उपस्थिति रहेको थियो ।

पितृको स्मृतिमा ५० हजारको कोष
यसैगरी विद्यालयको शैक्षिक तथा भौतिकस्तर अभिवृद्धि गर्न दिनरात अनवरत रुपमा खट्दै आएका संयोजक तिम्सिनाले हालै स्वर्गीय पिता हरिप्रसाद र माता विष्णुमायाको स्मृतिमा रु ५० हजार र कमल ७ निवासी तिलबहादुर जरेलले आफ्नी श्रीमतीको स्मृति अक्षयकोषमा रु.१० हजार १ सय ५० प्रदान गरेको विद्यालयका प्रअ राईले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्