झापा , पुष ९ । कमल गाउँपालिकाका एक जना बृद्धको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

मृत्यु हुनेमा कमल गाउँपालिका वडा नं २ का ७५ वर्षिय बृद्ध रहेका छन् । उनको होम आइसोलेसनमा मृत्यु भएको हो । योसँगै झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या १३१ पुगेको छ । त्यसैगरी बिहीबार झापाका ९ महिला र १३ पुरुष गरी २२ जनामा संक्रमण पुष्टि भएको छ । सबैभन्दा बढी दमकका ७ महिला र ९ पुरुषमा संक्रमण देखिएको हो । त्यस्तै गौरादहका दुई पुरुष , भद्रपुरका एक पुरुष तथा झापा गाउँपालिकाका दुई महिला र एक पुरुषमा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । योसँगै जिल्लामा संक्रमितहरुको सँख्या ४ हजार ४७१ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्