झापा , पुष १० । बागमती प्रदेशको तीनजना मन्त्रीले राजीनामा दिएका छन्।

आज आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमरकट्टेल, सामाजिक विकास मन्त्री युवराज दुलाल तथा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपालले राजीनामा दिएको कानुनमन्त्री जमरकट्टेलले जानकारी दिए।
उनका अनुसार प्रदेश सरकारविरुद्ध अविश्वासको प्रस्ताव पनि दर्ता गराइएको छ। अविश्वासको प्रस्तावमा ४५ जना प्रदेशसभा सदस्यले हस्ताक्षर गरेका छन्।
पुस ५ गते संसद् विघटन भएपछि त्यसविरुद्ध नेकपामै दुई गुट देखिएका छन्। त्यसको असर केन्द्रदेखि प्रदेशसम्म पर्न थालेको छ। यता, प्रचण्ड–नेपाल पक्षले आज काठमाडौँको माइतीघरबाट आन्दोलन शुरु गरेको छ । नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल अमृत बोहोरा, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरु प्रदर्शनमा सहभागी भएका छन्।
प्रचण्ड–नेपाल पक्षका सबै केन्द्रीय सदस्यहरु र निवर्तमान सांसदहरु माइतीघरको प्रदर्शनपछि आजै निर्वाचन आयोग पुगेका छन् । निर्वाचन आयोग पुगेर आफू वैधानिक नेकपा भएको र आफूहरूसँग बहुमत रहेको प्रमाणित गर्ने मंगलबार र बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले आयोगमा जाने निर्णय गरेको थियो।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्