काँकरभिट्टा, पुष ११ । नेपाल पत्रकार महासंघ झापा शाखाको वार्षिक साधारणसभा आज झापाको काँकरभिट्टामा हुँदैछ ।

साधारणसभालाई आगामी फागुन ३ गते हुने निर्वाचनको तयारीको रुपमासमेत हेरिएको छ । पत्रकार महासंघको केन्द्र, प्रदेश तथा जिल्लागरी तीन तहको निर्वाचन फागुन ३ गते हुने यसअघि नै तय भएको छ । निर्वाचनले तीनै तहको नयाँ नेतृत्व चयन गर्नेछ । साधारणसभामा अतिथिको रुपमा सहभागी हुन नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रमेश विष्ट, लेखा संयोजक रोशन पुरी, महासंघ प्रदेश अध्यक्ष बिक्रम लुईटेल, उपाध्यक्ष सोम सुसेली, इलाम, मोरङलगायतका छिमेकी जिल्लाका पत्रकारहरुको नेतृत्व काँकरभिट्टा आएकोे महासंघ झापा शाखा अध्यक्ष तारामणी सापकोटाले जानकारी दिए ।
मेचीनगर ६, काँकरभिट्टास्थित खानेपानीको सभाहलमा आज विहान ८ बजेबाट साधारणसभा सुरु हुने सचिव सन्तोष आचार्यले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्