झापा, पुष ११ । सरकारले भारतीय गृहमन्त्री अमित शाह आज नेपाल आउने हल्लामा कुनै सत्यता नरहेको जनाएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको निम्तो दिन आज भारतीय गृहमन्त्री शाह नेपाल आउने हल्ला चलेपछि सरकारले यसमा सत्यता नभएको जनाएको हो । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले भने, ‘भारतीय गृहमन्त्री आउने हल्लामा कुनै सत्यता छैन।’ उनका अनुसार केही दिनअघि भारतीय विदेश सचिवको नेपाल भ्रमणका क्रममा आउँदो जनवरीमा परराष्ट्रमन्त्री स्तरमा वार्ताका लागि जाने कुरा भए पनि मिति तय भइसकेको छैन।
प्रधानमन्त्री ओलीको भारत भ्रमण पनि अहिले हल्लाकै रूपमा आएको उनले बताए। परराष्ट्र मन्त्रीस्तरीय बैठकपछि आवश्यक पर्दा मात्रै प्रधानमन्त्रीको भ्रमण हुने मन्त्री ज्ञवालीले स्पष्ट पारे।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्