युएई ,पुष ११ ।झापाली समाज युएईको अध्यक्षमा युएईका सुपरिचित सामाजिक अभियन्ता दुर्योधन कार्की चयन भएका छन् ।

डिसेम्बर २५ शुक्रबार भएको भर्चुअल तेस्रो अधिवेशनबाट अध्यक्षमा सर्वसम्मत नियुक्त भएका कार्की एनआरएनए युएईको अबुधाबी क्षेत्रका पूर्वअध्यक्ष समेत हुन् । युएईको नेपाली सामाजिक गतिविधिमा सक्रिय तथा प्रष्ट वक्ताको छवि बनाएका कार्की भद्रपुर नगरपालिका –९ का स्थायी बासिन्दा हुन् ।

एकता, सहयोग र सहकार्यको मुलमन्त्र लिएर रोजगारीको सिलसिला युएईमा कार्यरत झापालीहरुको जिल्ला समाज युएईका थोरै सक्रिय समाजहरुमा अग्रणी संस्थाको रुपमा गनिन्छ । नवनियुक्त समितिको प्रथम उपाध्यक्षमा खगेन्द्र बुढाथोकी, द्वितीय उपाध्यक्षमा कृष्ण फुयँल, महिला उपाध्यक्षमा विष्णुमाया दंगाल, महासचिवमा दिनेश नेपाल, सचिवमा लोकनाथ कोइराला र प्रशान्त ताजपुरिया नियुक्त भएका छन् । समितिको कोषाध्यक्षमा प्रेमकुमार अधिकारी, सह कोषाध्यक्षमा काशीनाथ ढकाल , केन्द्रीय सदस्यमा उज्ज्वल दाहाल र भीमप्रसाद प्याकुरेल निर्वाचित भएको झापाली समाज युएई तेस्रो अधिवेशन निर्वाचन समितिका संयोजक मेघराज सापकोटाले बताएका छन् ।
नवनियुक्त समितिलाई हार्दिक बधाई ज्ञापन गर्दै अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष छत्र सुब्बाले सामाजिक सेवाको क्षेत्रमा समर्पित हुन अझै प्रेरणा मिलोस् भनी सफल कार्यकालको शुभकामना दिएका छन्। अध्यक्ष सुब्बाले झापाली समाज युएई र अन्तर्राष्ट्रिय झापाली समाजबीचको सम्बन्ध र सहकार्यको विगतको इतिहासलाई यो समितिले अझ नयाँ उचाईमा पु¥याउने बिश्वास गर्दै झापा र झापालीको मात्रै नभएर नेपाल र नेपालीहरुको सुखदुःखको सारथि झापाली समाज युएई बन्न सकोस् भन्ने सदिच्छा समेत प्रकट गरेका छन् ।

पूर्वमहासचिव अमरराज राईले संचालन गरेको अधिवेशनमा निवर्तमान अध्यक्ष अशोक चापागाईंले आफ्नो कार्यकालमा १३ लाख रुपैयाँको असहाय बालबालिका अक्षयकोष र १० लाख रुपैयाँको आजीवन सदस्य अक्षयकोष नेपालमा जम्मा गर्न सफल भएको बताए । निवर्तमान कोषाध्यक्ष भरत बुढाथोकीले समाजको मुलकोष २६ लाख रुपैयाँ बराबरको भएको बताउँदै उक्त कोष नेपालको सामाजिक र शैक्षिक अनि आफनै आजीवन सदस्यहरुको दुःखमा काम लाग्ने बताए । अधिवेशनका विशिष्ट अतिथिमा अन्तर्राष्ट्रिय झापाली समाजका उपाध्यक्ष तथा मध्यपूर्व संयोजक नवीन पोखरेल, नेपाली समाज युएईका अध्यक्ष गोविन्द ढकाल, एनआरएनए युएई
तथा आजिवन सदस्य, निश्चल दाहालले पुरानो समितिलाई धन्यवाद दिँदै नयाँ समितिलाई शुभकामना प्रकट गरेका थिए ।

अधिवेशनको अतिथिमा अन्तर्राष्ट्रिय झापाली समाजका सचिव तथा झापाली समाज युएईका संस्थापक परिकल्पनाकार रामप्रसाद ढुंगेल, नेपाल पत्रकार महासंघ युएई शाखा उपाध्यक्ष मेघराज सापकोटा, प्रगतिशील नेपाली समाज युएईका अध्यक्ष जीवन दासलगायतका सामाजिक अभियन्ताले झापाली समाजले युएईको नेपाली सामाजिक जीवनमा पु¥याएको योगदानको चर्चा गरेका थिए । अधिवेशनमा निवर्तमान महासचिव अमरराज राईले झापाली समाज युएईले विगत २०१५ देखि हालसम्म सम्पन्न गरेका महत्वपूर्ण ७२ वटा सामाजिक, आर्थिक, कानुनी र भौतिक सहयोगहरुको विवरण सार्वजनिक गरेका थिए ।
नवनिर्वाचित अध्यक्ष कार्कीले एकता, सहयोग र सहकार्यको भावनालाई अझै गतिशीलता दिने र झापाली समाज युएईको विगतको गरिमालाई उच्च राख्ने प्रतिवद्धता जनाएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्