कुमरखोद पुष ११ । झापा गाउँपालिकाको झापा बजारमा अव ट्राफिक प्रहरीको चेकिङपोष्ट रहने भएको छ ।

ईलाका प्रहरी कार्यालय कुमरखोदमा शनिबार आयोजित एक विशेष कार्यक्रमबीच ट्राफिक प्रहरी अव झापा बजारमा रहने प्रहरी नायव निरीक्षक खड्ग गिरीले त्यसबारे जानकारी दिएका छन् ।
ट्राफिक प्रहरी कार्यालय दमकमा दरवन्दी भई हाल कुमरखोद ट्राफिक पोष्टमा प्रहरी हवल्दार कल्पना कट्वाल काजमा खटिएर आएकी छन् । ईलाका प्रहरी कार्यालय कुमरखोदका प्रनानि गिरीले ट्राफिक नियमसम्वन्धी जानकारी गराएका थिए ।

गिरीले भने, ‘ट्राफिक नहुदा यहाँ ठूलो समस्या आएको छ । झापा बजारमा अहिले सवारी चाप वढेको छ । वोर्डर नजिक र खुल्ला सिमाना भएका कारण भारतीय मोटरसाईकल चालकहरु तिव्र रुपमा गाडी हाँक्छन् । विनाहेल्मेट , विनालाईसेन्स लिएर आउँछन् । जति सम्झाउँदा पनि हेल्मेट र लाईसेन्स लिएर आउँदैनन् । त्यसैगरी स्थानीयहरुले पनि मोटरसाईकल हाँक्दा हेल्मेट लगाउँदैनन् , ट्रक, वस, ट्याक्टरहरु तिव्र गतिमा कुदाउँछन् ।’

अव ट्राफिक बस्ने भएपछि अनिवार्य जरिवाना लिने उनले बताए । । ट्राफिक प्रहरी सुरुङ्गा पोष्टमा कार्यरत प्रहरी सहायक निरीक्षक चन्द्रकुमार बस्नेतले ट्राफिक नियमसम्वन्धी कार्यक्रम संचालन गरेका थिए भने कार्यक्रममा झापा गाउँपालिका वडा १ का अध्यक्ष राजकुमार यादव, वडा २ का नेत्रबहादुर खड्का , वडा नं ६ का हरि बानियाँलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा वजार व्यवस्थापन समितिका अध्यक्ष विकास अग्रवाल , हिमाल चम्लागाई , माधव पोखरेल, गौरीशंकंर राजवंशी , कमल पोखरेललगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्