झापा, पुस ११।
नेपाल पत्रकार महासंघ झापाको वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले गरेका थिए ।

झापा अध्यक्ष तारामणि सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघका संस्थापक महासचिव चन्द्र भण्डारी, महासंघका लेखा संयोजक तथा केन्द्रीय सदस्य रोशन पुरी, १ नम्वर प्रदेश अध्यक्ष विक्रम लुँइटेल लगायतले कोरोना भाइरसको बढ्दो संक्रमणले सञ्चार क्षेत्र अछुतो नरहेको बताए । उनीहरुले धेरै पत्रकारहरु महामारीको चपेटामा परेर विस्थापित हुने अवस्थामा पुगेको भन्दै पत्रकारहरुको हितमा काम गर्न सरकारलाई दवाव दिनुपर्ने बताए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना, मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेती, प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझा, जिल्ला खेलकुद विकास समिति झापाका पूर्वअध्यक्ष शंकर थापा, प्रेस संगठन झापाका अध्यक्ष मुक्ति पौडेल, नेपाल प्रेस युनियनकी जिल्ला अध्यक्ष इन्दू पूर्वेली, प्रेस नेपालका जिल्ला अध्यक्ष देशराज नेम्वाङ, मिडिया नेपालका जिल्ला अध्यक्ष रञ्जित प्रसाईं, नारी सञ्चार गृहकी अध्यक्ष भीमा शिवाकोटी, मेची नगर लेडी जेसीजकी अध्यक्ष तुलसा दंगाल, लगायतले मन्तव्य राखेका थिए ।

नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव सन्तोष आचार्यले गरेका थिए । महासंघका पूर्वअध्यक्ष कृष्ण हुमागाँईको संयोजकत्वमा गठित अध्यक्ष मण्डलले बन्द सत्रको सहजीकरण गरेको थियो । सभाले विभिन्न प्रस्तावसहित सांगठनिक र आर्थिक प्रतिवेदन पारित गरेको छ । बन्द सत्रमा महासंघका केन्द्रीय सदस्य माधव चौंलागाँई र फोनिजका प्रदेश १ इञ्चार्ज दिपीन राईले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्