भद्रपुर, पुष ११ । झापाको बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले भद्रपुरमा सदस्य शिक्षा कार्यक्रम सम्पन्न गरेको छ ।

भद्रपुर सेवा केन्द्रअन्तर्गत रहेका सदस्यहरुलाई केन्द्रीय कार्यालयको शिक्षा उपसमितिको आयोजनामा भएको कार्यक्रम भद्रपुर सेवाकेन्द्रका ब्यवस्थापन उपसमितिका संयोजक हेमराज खतिवडाको अध्यक्षतामा भएको हो ।
सहकारीका अध्यक्ष टसबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा संस्थको नीतिनियम सेवासुबिधासहित बिशेष उपचार कोषको बारेमा सहकारीका सचिव भुपाल बस्नेतले सहजीकरण थिए । कार्यक्रममा शेयर सदस्यका छोराछोरीले प्राप्त गर्ने छात्रवृतिअन्तर्गत शेयर सदस्य जया पोख्रेलका छोरा अभय पोख्रेललाई ५० हजार रुपैयाँ नगद उपलब्ध गराईएको थियो । त्यसैगरी शेयर सदस्य लोकबहादुर कँुवरकी श्रीमती सुमित्रा कुँवरलाई १९ हजार ३ सय रुपैयाँ र शेयर सदस्य शिव कोइरालालाई ४० हजार ५ सय रुपैयाँ हस्तान्तरण गरिएको थियो । कार्यक्रममा भद्रपुर सेवाकेन्द्रअन्तर्गतका ८७ जना शेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्