दमक , पुष ११ । झापाको गौरादहमा शंकास्पद वस्तु बम फेला परेको छ ।

आज दिउँसो ३.१५ बजे गौरादह ७ स्थित भक्तबहादुर खत्रीको टिक बगानमा सोही ठाउँकी १५ वर्षिया गरिमा भुजेलले गाईबस्तु चराउन जाने क्रममा धमिराले खनेको दुलोमा डल्लोजस्तो देखेर उनले ४० वर्षिया हिमा पौडेललाई खवर गरेकी थिइन् । दुवैले लाठीको सहायताले बाहिर निकाली हेर्दा प्लाष्टिकमा पोको पारेको बमजस्तो वस्तु देखिएको थियो । त्यसपछि घटनास्थलमा अस्थायी प्रहरी चौकी जुरोपानीबाट टोली खटिगई उक्त स्थान सुरक्षित राखेको थियो । थप अनुसन्धान तथा कानुनी प्रकृयाका लागि ईप्रका गौरीगञ्जबाट टोली खटिएर सो बमलाई चारआलीबाट गएको नेपाली सेनाको टोलीले राति ९.१५ बजे डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्