एजेन्सी । युरोपका थुप्रै देशले कोरोना भाइरसको अत्यधिक संक्रामक नयाँ प्रकार पाइएको पुष्टि गरेका छन् । यो भाइरसको त्यहि प्रकार हो, जसको पहिचान सबैभन्दा पहिले बेलायतमा भएको थियो ।

अब स्पेन, स्विडेन र स्विजरल्याण्डले बेलायतको यात्राबाट फर्केका आफ्ना नागरिक कोरोना भाइरसको नयाँ भेरियन्टद्वारा संक्रमित भएको पुष्टि गरेका छन् ।
बेलायतमा भाइरसको नयाँ प्रकार भेटिएको खबर पाएपछि थुप्रै देशले आफ्ना नागरिकको यात्रामा प्रतिबन्ध लगाएका थिए ।
स्पेनको राजधानी मेड्रिडमा बिहिबार बेलायतबाट फर्केका एक व्यक्तिका तीनजना आफन्तमा कोरोना भाइरसको नयाँ भेरियन्टको पुष्टि भएको छ । यो जानकारी शहरका डेप्युटी हेल्थ चीफ एन्टोनियो जापातेरोले दिएका हुन् ।

ओन्टोरियो क्यान्डाका एक जोडीमा पनि कोरोनाको नयाँ भेरियन्ट देखिएको छ । उनीहरु पछिल्लो समयमा कतै यात्रा पनि नगरेको र उच्च जोखिममा भएका मानिसहरुको सम्पर्कमा पनि नरहेको अधिकारीले बताएका छन् ।
यसअघि शनिबार बिहान फ्रान्सले पनि आफ्नो देशमा बेलायतको यात्राबाट फर्किएका एक व्यक्ति नयाँ स्ट्रेनद्वारा संक्रमित भएको खबर दिएको थियो । संक्रमित व्यक्तिमा कुनै लक्षण देखिएको छैन र हाल उनले आफूलाई घरमा नै आइसोलेट गरेर राखेका छन् ।
भाइरसको नयाँ भेरियन्टको पुष्टिपछि फ्रान्सले बेलायतसँगको आफ्नो सीमा बन्द गरेको थियो ।

यद्यपि, बुधबार यसले युरोपेली संघका नागरिकका लागि सीमा खोलिदिएको थियो । शर्तस्वरुप उनीहरुले आफ्नो कोरोना नेगेटिभ रिपोर्ट पेश भने गर्नु पर्नेछ ।
स्पेन र फ्रान्सबाहेक स्विजरल्याण्डले पनि तीन जनामा कोरोनाको नयाँ भेरियन्ट पाइएको जानकारी दिएको छ । यीमध्ये दुई बेलायती नागरिक हुन् जो क्रिसमसको छुट्टी मनाउन स्विटजरल्याण्ड गएका थिए ।डेनमार्क, जर्मनी, इटली, नेदरल्याण्ड र अष्ट्रेलियामा पनि मानिसहरु कोरोना भाइरसको नयाँ भेरियन्टको चपेटमा आएको पुष्टि भइसकेको छ ।जापानले बेलायतबाट फर्केका पाँच जापानी नागरिक पनि संक्रमित भएको शुक्रबार जानकारी दिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्