दमक, पुष १२ । पूर्वराजा ज्ञानेन्द्र शाह आज झापा आउने भएका छन् ।

शाह आज अपरान्ह बुद्ध एयरमार्फत भद्रपुर हुँदै दमक आइपुग्ने कार्यक्रम रहेको उनको निजी सचिवालयले जनाएको छ । सपरिवारसहित झापा आउन लागेका शाह त्यहाँ करिब ४ हप्तासम्म बस्ने बुझिएको छ । आज आउने कार्यक्रमका बारेमा राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ताहरुबाट आफूलाई जानकारी भएको इलाका प्रहरी कार्यालय दमकका प्रमुख डिएसपी विजयराज पण्डितले बताए ।झापा बसाइको क्रममा उनले राजनीतिक भेटघाट र केही शक्तिपीठको दर्शन एवं पूजाआजा गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ । पूर्वराजा ज्ञानेन्द्र हरेक बर्ष जाडोको समयमा करिब एक महिनासम्म झापाको दमकमा बस्दै आएका छन् । त्यहाँ उनको आफ्नै चिया बगान र निवास रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्