बिर्तामोड पुस, १२ । इलाका प्रशासन कार्यालय गौरीगञ्जका प्रमुख धनञ्जय साह पक्राउ परेका छन् । उनीसँगै कार्यालय सहयोगी गौरीगञ्ज –६का आसिर आलाम र गौरादह –७ का कृष्ण प्रसाद तिम्सिना पक्राउ परेका हुन् ।


गैरनागरिकलाई किर्ते नागरिकता प्रमाणपत्रसहित राहदानीका लागि सिफारिस गरेको आरोपमा उनीहरुलाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेको हो । शनिवार साँझ शाह, आलम र तिम्सिनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए ।
उनीहरुले गौरादह –७ का तीन जना व्यक्तिलाई किर्ते नागरिकता दिएको अनुसन्धानका क्रममा खुलेको छ । गौरादह –७ स्थायी ठेगना देखाई अमृत राई (नागरिकता नम्बर ०४–०६–७७–००५९१), दिपिका राई (नागरिकता नम्बर ०४–०६–७७–००५९२) र बिशाल राई (नागरिकता नम्बर ०४–०६–७७–००५९३) लाई नागरिकता वितरण गरेको तर नागरिकता सम्बन्धी कुनै पनि अभिलेख इलाका प्रशासन कार्यालय गौरीगञ्जा मा नभएकोले नागरिकता सम्बन्धील सफ्टोवर प्रयोग गरी उक्त नागरिकताहरु किर्ते गरेको हुन सक्ने भएकोले थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए ।


प्रहरीको प्रारम्भिक अनुसन्धानमा नागरिकता वितरण पश्चात उक्त वितरण इडिट गरी पुनः विभिन्न मितिमा सोही नम्बरका नागरिकता अन्य व्यक्तिलाई वितरण गरिएको जनाइएको छ । जिल्ला अदालत झापाबाट नागरिकता सम्बन्धी कसुर मुद्धामा ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्