एजेन्सी ।चीनको उत्तरपूर्वी प्रान्त लिओलिङमा एक व्यक्तिले अन्धाधुन्ध चक्कु हमला गरेका छन् । मिडियामा प्रकाशित रिपोर्ट अनुसार हमलामा सातजनाको मृत्यु भएको छ ।

लिओनिंग प्रान्तको एउटा सानो शहर कायायुआनमा भएको हमलामा सातजना घाइते पनि भएका छन् ।
सरकारी समाचार एजेन्सी शिन्ह्वाको रिपोर्ट अनुसार प्रहरीले एक संदिग्धलाई पक्राउ गरेको छ । यद्यपि, हमला के कति कारणले गरियो, त्यसको कुनै स्पष्ट जानकारी भने छैन ।
प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै रिपोर्टमा भनिए अनुसार उनीहरुले एक व्यक्तिले मानिसहरुमाथि अन्धाधुन्ध चक्कु हमला गरेका हुन् ।
चीनमा यस्तो प्रकारको हिंस्रक अपराध तुलनात्मक रुपमा कमै हुन्छन् तर पछिल्लो केही वर्षमा चक्कु वा धारिलो हतियारले हमला गर्ने घटना बढ्दो छ ।यस्तो प्रकारको हमलामा साधारणतया ती मानिसहरु संलग्न हुन्छन् जो कुनै मानसिक रोगसँग जुधिरहेका हुन्छन् वा कसैसँग बदला लिन चाहेका हुन्छन् ।

हङ्गकङको साउथ चाइना मर्निङ पोस्ट (एससीएमपी) समाचार पत्रको रिपोर्ट अनुसार कायायुआनमा चक्कुमार्फत् जुन हमला भएको छ, त्यहाँ संदिग्धले स्थानीय समयानुसार करिब ८ बजे चक्कु हमला गर्न सुरु गरेका हुन् ।

प्रहरीका अनुसार संदिग्धलाई पक्राउ गर्ने बेला एक प्रहरी अधिकारी पनि घाइते भएका छन् । यद्यपि, हमलामा घाइते भएका मानिसहरुबारे कुनै जानकारी प्राप्त हुन सकेको छैन । एक प्रत्यक्षदर्शीले एससीएमपीलाई दिएको जानकारी अनुसार हमला एक स्कूल बाहिरबाट सुरु भएको हो र हमलाका शिकार धेरैजसो कि त मध्यम आयु वर्गका महिला वा वृद्धा हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्