बिर्तामोड , पुष १३ । नेपाल विद्युत प्राधिकरण अनारमनी वितरण केन्द्रले चारजना कर्मचारीलाई विदाइ गरेको छ ।

सरुवा भएर जाने लेखा प्रमुख गोपाल कार्की , प्रशासन प्रमुख पूर्ण चौहान , सुपरभाइजर तुला श्रेष्ठ र फोरमेन कन्हैया यादवलाई विदाइ गरिएको हो । कार्की दुहवी वितरण केन्द्र , चौहान दमक वितरण केन्द्र , श्रेष्ठ विराटनगर वितरण केन्द्र र यादव दुहवी वितरण केन्द्र सरुवा भएर गएका छन् ।

त्यस्तै सोही कार्यक्रममा दमक वितरण केन्द्रबाट सरुवा भएर आएका प्रशासन प्रमुख दीपक ढकाल र लेखा प्रमुख रिद्धिराज कार्कीलाई स्वागत गरिएको थियो । अन्यत्र सरुवा भएर जानेहरुलाई मायाको चिनोसहित विदाइ गरिएको अनारमनी वितरण केन्द्रका प्रमुख विरेन्द्रकुमार झाले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्