हल्दिबारी , पुष १३ । झापा जिल्लाभर कार्यक्षेत्र रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्य तथा कर्मचारी परिवारमा शोक व्यक्त गर्दै मृत्यु राहत प्रदान गरेको छ ।

संस्थाको सदस्य सेवा केन्द्र गोलधापका बजार प्रतिनिधि गोकर्ण घिमिरेको बुवाको निधनमा सिम्रिक साकोस परिवारले काजकिरिया खर्च एवम् मृत्यु राहतसहित समवेदना दिएको हो ।
सिम्रिक साकोसका अध्यक्ष सुवास भट्टराई, कार्यकारी प्रमुख कमलबहादुर बस्नेत, सचिव इन्द्रबहादुर कार्की एवम् विभागीय प्रमुख, सेवा केन्द्र प्रमुख र कर्मचारीहरुले सोमबार बिहान घिमिरे निवासमा गएर कर्मचारी एवम् शेयर सदस्यको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जली दिएका हुन् ।
संस्थाले घिमिरेको मृत्युमा ६० हजार रुपैयाँ मृत्यु राहतसहित समवेदना पत्र प्रदान गरेको हो । श्रद्धाञ्जली कार्यक्रमको सञ्चालन संस्थाका सचिव इन्द्रबहादुर कार्कीले गरेका थिए ।

यसैबीच सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले शाखा प्रमुखहरुसँगको तीनदिने समीक्षा गोष्ठी सोमबार सम्पन्न गरेको छ ।संस्थाको कारोबारलाई थप ब्यवस्थित बनाउँदै अत्याधुनिक प्रविधि अवलम्बन गर्न तथा सञ्चालक समितिले बनाएको वार्षिक कार्ययोजनालाई सफल बनाउन शाखा प्रमुखहरुसँग छलफल गरिएको कार्यकारी प्रमुख बस्नेतले बताएका छन् ।
समीक्षा गोष्ठीको तेस्रो दिन संस्थाका कार्यकारी प्रमुख बस्नेतले सिम्रिक साकोसको रणनीतिक योजनामाथि बिस्तृत छलफल गरेका थिए । संस्थाले निर्धारण गरेको वित्तीय लक्ष्य पछ्याउन हरेक कर्मचारीको उत्तिकै योगदान हुनुपर्ने औंल्याउँदै कार्यकारी प्रमुख बस्नेतले यसको नेतृत्व शाखा प्रमुखहरुले लिनु पर्ने निर्देशन गरे ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्