केर्खा , पुष १४ । आज बिहान झापाको कमल गाउँपालिका वडा नं. ५ टुकुरे बस्तीमा जंगली हात्तीले घर भत्काएर क्षति गरेको छ ।

फायल तस्वीर

बिहान १.३० बजेतिर ६ वटाको बथानमा आएका हात्तीले इश्वरीप्रसाद भट्टराईको फुसको छाना भएको भान्सा घर र लक्ष्मी बरालको पनि टीनको छाना भएको भान्सा घर भत्काएर क्षति गरेको हो ।हात्तीले भट्टराईको ३ बोरा धान समेत खाएर नष्ट पारेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
जनपथ र सशस्त्र प्रहरीको सहयोगमा हात्तीलाई जंगलतिर धपाइएको इप्रका दमकका प्रमुख डिएसपी विजयराज पण्डितले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्