बिर्तामोड , पुष १४ । बिर्तामोडको भद्रपुर रोडमा रहेको अटो ग्यारेजमा आगलागी हुँदा डेढ करोडको धनमाल जलेर क्षति भएको छ ।

बिर्तामोड–४ स्थित लिटल फ्लावर्स स्कूल नजिकै रहेको ग्यालेक्सी अटो ग्यारेजमा हिजो साँझ आगलागी भएको हो । आगलागीबाट नयाँ अटो, मर्मतका लागि ल्याइएका पुराना अटो , अटो पार्टस्लगायतका सामान जलेर नष्ट भएको हो । २० वटाभन्दा बढी अटो जलेको विवरण आफूहरुलाई दिइएको बिर्तामोड नगरपालिकाका बारुण यन्त्रका इन्चार्ज चन्द्रबहादुर पौडेलले बताए । आगो निभाउन बिर्तामोड, भद्रपुर र मेचीनगरको दमकल बोलाइएको थियो । त्यस्तै स्थानीय र प्रहरी पनि खटिएका थिए ।

बेलुका ७.३० बजेतिर शुरु भएको आगलागी दुई घण्टापछि नियन्त्रणमा आएको थियो । उमेश शाहले सञ्चालन गर्दै आएको सो ग्यारेजमा विद्युत सर्ट भएर आगलागी भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्