कालीस्थान , पुष १४ । अर्जुनधारा नगरपालिका–९ मा रहेको देवीको सिद्ध शक्तिपीठ कालिकापीठ कालीस्थानको १७ औं बार्षिक अनुष्ठान आजदेखि शुरु भएको छ ।

पीठको बार्षिकोत्सवको अवसर पारेर तुलसीकृत रामायणको अखण्ड पाठपारायण प्रारम्भ गरिएको हो ।
बार्षिकोेत्सवको अवसर पारेर प्रत्येक बर्ष सप्ताहब्यापी पुराणादि कार्य गरिदै आएको भएपनि यस बर्ष कोरोना संक्रमणका कारण दुईदिवसीय कार्यक्रम तय गरिएको हो । कालिकापीठ ब्यवस्थापन समितिका अध्यक्ष ज्योतिषाचार्य लक्ष्मीप्रसाद पोखरेलको अध्यक्षतामा पीठमा आयोजित संक्षिप्त कार्यक्रमकाबीच आचार्य रघुनाथ रिजालले बैदिक मन्त्रोच्चारण गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।
आ. रिजालको आचार्यत्वमा सम्पन्न हुने अनुष्ठानमा पण्डितहरु खडानन्द खतिवडा, भोलानाथ पोखरेल, शिव अधिकारी, ओमनाथ दाहाल, तोया खनाल, खोम मिश्रलगायतको सहआचार्यत्व रहने बताइएको छ ।
कालिकापीठले २०६३ सालबाट सञ्चालनमा ल्याएको कालिका संस्कृत विद्यापीठमा ५० अधिक बटुकहरु अध्ययनरत रहेको प्राचार्य रिजालले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्