दमक, पुष १४ । दमकस्थित निवासमा दुई दिनअघि आएका पूर्वराजा ज्ञानेन्द्र शाहको आगमनलाई महत्वका साथ हेरिए पनि उनले अहिलेसम्म राजनीतिक भेटघाटलाई तीब्रता दिएका छैनन् ।

आइतबार साँझ पत्नी कोमलसहित उनी दमक आएका हुन् । दमक बसाइका क्रममा अहिलेसम्म कसैसँग भेटघाट नभएको ज्ञानेन्द्रका निजी सचिव सागर तिम्सिनाले प्रतिदिनलाई बताए । उनले अहिले आराम गरिरहेका पूर्वराजा ज्ञानेन्द्रले केही दिनपछि भेटघाट गर्ने कार्यक्रम रहेको बताए । ज्ञानेन्द्र पुषभरि दमकमै बस्ने कार्यक्रम रहेकोसमेत उनले जानकारी दिए ।
पूर्वराजा ज्ञानेन्द्र हरेक बर्ष जाडोको समयमा करिब एक महिनासम्म झापाको दमकमा बस्दै आएका छन् । त्यहाँ उनको आफ्नै चिया बगान र निवास रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्