बिर्तामोड, पुस १४ ।
झापाको बिर्तामोडमा आयोजित कार्यक्रमका बीच क्षितिज संगीत साधना प्रतिष्ठान झापाको गठन गरिएको छ । बिर्तामोड–१ देवी पञ्चकन्या उत्तरमा निर्माणाधिन बहुभाषी, बहुजाति, बहुसांस्कृतिक संग्रहालयसहितको झापा नाटक घरमा आयोजित संस्थाको प्रथम अधिबेशनले निरज पोखरेलको अध्यक्षतामा १५ सदस्यीय क्षितिज संगीत साधना प्रतिष्ठान झापाको नयाँ कार्यसमिति गठन गरेको हो ।


क्षितिज नाट्य समूह झापाको विभागिय समिति अन्र्तगत गठित समितिको उपाध्यक्ष पवित्रा ओली, महासचिव जीतेन्द्र श्रेष्ठ, सचिव सुजन शिवाकोटी, कोषाध्यक्ष गोविन्द रपाल रहेका छन् । त्यस्तै समितिको सदस्यहरुमा निमेश शिवाकोटी, पुष्पा प्रणामी, मणी वर्देवा, अर्जुन खरेल, राजकुमार गुरुङ, ज्ञानीकुमार खड्का, धुव्रराज कडरिया, किरण कन्दङ्वा रहेका छन् । समितिको दुई जना सदस्य पछि मनोनयन गरिने बताइएको छ ।


उक्त समिति चयन गर्नका लागि नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरी संयोजक र बिर्तामोड–१ का वडा सदस्य प्रेमकुमार खरेल र न्यायीक समिति सदस्य यमुना आचार्य रहेको निर्वाचन समिति गठन गरिएको थियो । उक्त निर्वाचन समितिले निर्वाचन प्रकृयाद्वारा पदाधिकारीहरुको चयन गरेको थियो । नवनिर्वाचित पदाधिकारीहरुलाई बुधबार झापा नाटक घरमा हुने कार्यक्रममा पद तथा गोपनियताको शपथ खुवाइनुका साथै प्रमाण पत्र प्रदान गरिने बताइएको छ ।


झापा नाटक घर निर्माण व्यवस्थापन समितिका संयोजक ज्ञानुराम प्रसार्इँको अध्यक्षतामा भएको कार्यक्रममा नचानु विष्णु श्रीजंघाटोल सुधार संस्थाका अध्यक्ष भोजकुमार मास्केले स्वागत गरेका थिए । कार्यक्रममा झापा नाटक घर निर्माण व्यवस्थापन समितिका संयोजक ज्ञानुराम प्रसाईले लोप हुन लागेको भाषा ,कला, संगीत र साहित्यको संरक्षण र सम्वद्र्धनमा क्षितिज संगीत साधना प्रतिष्ठान झापाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।


त्यस्तै क्षितिज नाट्य समूह झापाका केन्द्रीय अध्यक्ष माधब कल्पितले लोप हुन लागेको गीत संगीत भाषा ,कला र साहित्यको संरक्षण र सम्वद्र्धन गर्दै सबै जातजाति तथा भाषाभाषिको सामुहिक अपनत्व कायम गराउने उद्धेश्यले क्षितिज नाट्य समूह झापाले बहुभाषी, बहुजाति, बहुसांस्कृतिक संग्रहालयसहितको झापा नाटक घर निर्माण गरीरहेको र क्षितिज संगीत साधना प्रतिष्ठान झापाले सबै क्षेत्रका श्रष्टालाई अवसर प्रदान गरी उनीहरुका प्रतिभा प्रस्फुटन गराउने बताए ।


गायकहरु निरज पोखरेल, अर्जुन खरेल, जीतेन्द्र श्रेष्ठ, गायिका पवित्रा ओली लगायतले गीत प्रस्तुत गरेको कार्यक्रममा क्षितिज नाट्य समूह झापाका वरिष्ठ उपाध्यक्ष हरिप्रसाद भण्डारी, उपाध्यक्ष सुजना खतिवडा, कोषाध्यक्ष मुना प्रसाई, केन्द्रीय सदस्यहरु माधव सिटौला, राजु खरेल , देवीमाया प्रसाईं, नाट्य विभाग प्रमुख गजेन्द्र पृथक, पूर्वाञ्चल दैनिकका उपसम्पादक तुलसीप्रसाद निरौला, निर्माण अनुगमन समिति सदस्य कमलसरी राजवंशी लगायतको सहभागिता रहेको थियो ।


त्यस्तै बुधबार तमु ल्हेसार पर्वको अबसरमा नेपाल पब्लिक स्पिकर सिजन टु का विजेता कवि, साहित्यकार तथा प्रखर बक्ता रमेश प्रसाईंको नागरिक अभिनन्दन, ल्हेसार विशेष साँस्कृतिक प्रस्तुति, क्षितिज संगीत साधना प्रतिष्ठानका पदाधिकारीहरुको शपथ, झापा नाटक घर निर्माणमा सहयोग हस्तान्तरण लगायतको कार्यक्रमको आयोजना गरिएको क्षितिज नाट्य समुहका केन्द्रीय अध्यक्ष तथा झापा नाटक घर निर्माण व्यवस्थापन समितिका सचिव कल्पितले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्