भद्रपुर , पुष १४ । दाहाल प्रतिष्ठान भद्रपुर झापाले एकजना क्यान्सर पीडितलाई २७ हजार रुपैयाँ सहयोग गरेको छ ।

भद्रपुर १० स्थित धनुषमोडपूर्व प्रज्ञा एकाडेमी छेऊ निवासी ५१ बर्षिय क्यान्सर रोगी निर्मलकुमार दाहाललाई उनको घरमै पुगेर सो सहयोग हस्तान्तरण गरिएको हो । प्रतिष्ठान प्रदेश नं १ का सदस्य दीपक दाहाल ,भद्रपुर शाखा अध्यक्ष मुक्तिनाथ दाहाललगायतको टोलीले सहयोग प्रदान गरेका थिए । दुई बर्षदेखि बोनक्यान्सर भएर घरमै रहेका निर्मलको आर्थिक अबस्था अत्यन्तै दयनीय रहेको छ । उनको उपचारमा हालसम्म ११ लाखभन्दा बढी खर्च भइसकेको परिवारले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्