भद्रपुर, पुष १४ । भद्रपुर ७ स्थित एमरेल्ड एकाडमीका होटल मेनेजमेन्ट समूहका विद्यार्थीलक्षित एकदिने बार एण्ड रेष्टुरेन्ट व्यवस्थापन अभिमुखीकरण सम्पन्न भएको छ ।

होटल मेनेजमेन्ट कक्षा १२ का विद्यार्थीको आयोजनामा विश्व बजारमा बढ्दै गएको बार संस्कृति व्यवस्थापन सीप प्रयोजनका लागि व्यवहारिक ज्ञानअन्तर्गत बार एण्ड रेष्टुरेन्ट व्यवस्थापन अभिमुखीकरण सम्पन्न गरिएको हो ।
बिर्तामोड कफी एण्ड बार एकाडमीका रोशन चौहानको नेतृत्वमा बार व्यवस्थापनका लागि अपरिहार्य कक्टेल, मक्टेल निर्माण, वितरण, व्यवस्थापनलगायत आवश्यक पक्षमा अभिमुखीकरण गरिएको थियो । कार्यक्रममा विश्व बजारमा बार संस्कृति तीव्र गतिमा बढिरहेको स्मरण गराउँदै प्रशिक्षक चौहानले होटल मेनेजमेन्ट पढ्ने विद्यार्थीहरू ग्राहक सेवामा चनाखो हुन सीप र प्रविधिमैत्री बन्न जोड दिएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्