बिर्तामोड पुस १६ । कानूनी रुपमा विभाजनको संघारमा रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहले ओली समूहका प्रदेश –१ नेकपा संसदीय दलका नेता शेरधन राईलाई निष्कासन गरेको छ । दलका उपनेता टंक आङ्बुहाङले प्रदेश १ प्रदेशसभा सचिवालयमा पुगेर दलको नेताबाट वर्तमान मुख्यमन्त्री तथा आफ्नो दलका नेता शेरधन राईलाई निष्कासन गरेको पत्र दर्ता गराउनु भएको स्रोतले बताएको छ ।


स्रोतका अनुसार दलको बहुमत सदस्यबाट अविश्वासको पत्र दर्ता भइसकेको वर्तमान अवस्थामा सोही दलबाट निर्वाचित संसदीय दलका नेता राई नैतिक रुपमा दलका नेता हुन नसक्ने पत्रमा उल्लेख छ । “दलको नेताबाट बर्खास्त गरेको पत्र संसद सचिवलयमा दर्ता गरेका छौँ” प्रचण्ड–माधव समूहका एक सांसदले भने, “मुख्यमन्त्रीलाई पनि उक्त पत्र कुरियर गरेर पठाएका छौं, प्रदेश प्रमुखको कार्यालयमा पनि दर्ता गर्न हामी जाँदैछौं ।” यसअघि मुख्यमन्त्री राईविरुद्ध संसदमा नेकपाकै ३७ जना सांसदहरुले अविश्वासको प्रस्ताव पेश गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्