बिर्तामोड , पुष १६ । कोरोनाको पिसिआर परीक्षण घटेसँगै संक्रमण दर पनि घटेको छ ।

केही सातायताको तथ्याँकले सो देखाएको हो । जिल्लाको अरु पालिकासँगै बिर्तामोड नगरपालिकामा पनि संक्रमण दर घटेको पाइएको छ । बिर्तामोड नगरपालिकामा पुष १४ गते १२ जनालाई पिसिआर परीक्षण गरिएको थियो । त्यसमा एकजनालाई मात्र कोरोना संक्रमण पुष्टि भएको थियो । त्यस्तै पुष १२ गते २ जना , ९ गते २१ जना र ३ गते १४ जनाको पिसिआर परीक्षण गरिएको थियो । अहिले कोरोना परीक्षणसँगै संक्रमण दर पनि घटेको बिर्तामोड नगरपालिकाका सिनियर अहेब दीपक सापकोटाले बताए ।

बिर्तामोडमा अहिलेसम्म ४ हजार ९२७ जनालाई पिसिआर परीक्षण गरिएको उनले जनाए । बिर्तामोडमा हालसम्म ३०७ महिला र ३८२ पुरुष गरी ६८९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । वडागत हेर्दा वडा नं १ मा ११९ , २ मा ५७ , ३ मा १०७ , ४ मा ११२ , ५ मा १७९ , ६ मा ४९ , ७ मा १७ , ८ मा २२ , ९ मा १३ र वडा नं १० मा १४ जना संक्रमित भएका छन् । बिर्तामोडमा वडा नं ४ र ५ मा ४–४, वडा नं २ मा २ तथा वडा नं १ ,७ र ८ मा एक–एक जना गरी १३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्