भद्रपुर , पुष १६ । लागु औषध मुद्धाका एक फरार प्रतिवादी जेल चलान भएका छन् ।

जेल चलान हुनेमा गौरीगञ्ज ५ का २४ वर्षिय संजयकुमार शाह रहेका छन् । झापा जिल्ला अदालत भद्रपुरको २०७२ जेठ २८ गतेको फैसला अनुसार लागु औषध मुद्दाका प्रतिवादी शाहलाई २१ दिनको कैद सजाय तोकिएको थियो । घटनापछि फरार रहेका शाहलाई खोजतलास गर्ने क्रममा बिशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय गौरीगंजबाट खटिएको प्रहरी टोलीले बुधबार उनकै घरबाट पक्राउ गरेको थियो । अदालतको आदेशले बाँकी कैद भुक्तानको लागि कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्