बिर्तामोड , पुष १८ । प्रधानमन्त्री केपी ओलीको गृहजिल्लामा प्रचण्ड–नेपाल समूहले आज बृहत प्रदर्शन गर्ने भएको छ ।

पुष १४ गते भएको भेलाले ओली प्रतिगमनका विरोधमा आज प्रदर्शन गर्ने निर्णय गरेको थियो । विरोध प्रदर्शनपछि आयोजित सभालाई नेकपा स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री योगेश भट्टराईलयायतले संबोधन गर्ने कार्यक्रम रहेको छ । झापामा प्रचण्ड–नेपाल समूहले दुईतिहाई आफ्नो पक्षमा रहेको दावी गर्दै आएको छ ।
सो समूहले आजको प्रदर्शनको तयारीका लागि पुष १६ गते झापाका सबै पालिकाका सबै वडाहरुमा बैठक गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्