भद्रपुर, पुष १८ । वैदिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड भद्रपुर १० को नवौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष अरूण बस्नेतको अध्यक्षता तथा भद्रपुर १० का वडाध्यक्ष टेकबहादुर खड्का काजीको प्रमुख आतिथ्यमा साधारणसभा सम्पन्न भएको हो ।
सभामा वार्षिक प्रगति विवरण तथा आगामी नीति कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष बस्नेतले ३ सय ४५ जना शेयर सदस्य रहेको संस्थाले शेयर धनी लक्षित सेवा प्रवाहमा जोड दिइरहेको विवरण पेस गरेका थिए । अध्यक्ष बस्नेतले कोरोना कहरका कारण विगत वर्षहरूमा जस्तो बृहद कार्यक्रम गर्न नसकेको समेत अवगत गराए ।

कार्यक्रममा कोषाध्यक्ष डिल्लीराम अधिकारीले एक करोड २१ लाख ९३ हजार १ सय २६ रूपैयाँको वार्षिक कारोवार संस्थाले गरेको भन्दै ३ लाख २२ हजार ६ सय ६६ रूपैयाँ खुद नाफा गरेको विवरण प्रस्तुत गरेका थिए ।
उपाध्यक्ष प्रकाश निरौलाले स्वागत गरेको सभाले वार्षिक नीति तथा कार्यक्रम सर्वसम्मत रूपले पारित गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्