भद्रपुर , पुष १८ । झापाको चन्द्रगढीस्थित झापा सामुदायिक बचत तथा ऋण सहकारी संस्था भद्रपुर ७ को चौधौं बार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।

जिल्ला सहकारी संघ झापाका सदस्य खडानन्द गुरागाईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अध्यक्ष विवेक पोखरेलले बार्षिक सांगठानिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले गरेका गतिविधिका बारेमा प्रकाश पारेका थिए ।
कार्यक्रममा जेष्ठ सदस्यद्वय मनमाया घिमिरे र लक्ष्मीप्रसाद सिग्देल तथा उत्कृष्ठ कारोवारकर्ताहरु परमेश्वर न्यौपाने र नितुदेवी शाहलाई प्रशंसापत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । पोखरेलको अध्यक्षता तथा तथा सचिव सुरेश श्रेष्ठको संचालनमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि गुरागाई, सल्लाकार समिति सदस्य हरिकिशोर आचार्यलगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा स्वागत उपाध्यक्ष हरि गौतमले गरेका थिए । चन्द्रगढी क्षेत्रभित्र संचालित मकालु तथा पतञ्जली साकोसहरु २०७२ सालमा एकीकरण भई स्थापित यस सहकारीले २०७५ सालमा पूर्वकर्मचारी समाज साकोस र २०७६ सालमा प्रगतिनगर साकोस बिर्तामोडसंग समेत एकिकृत भई संचालनमा आएको हो । हाल यस संस्थाले आफ्ना शेयर सदस्यहरुलाई वितीय तथा गैर वितीय सेवा प्रदान गर्दै आईरहेको छ ।
यस सहकारीमा १९ सय ५ जना शेयर सदस्यहरु रहेका छन् भने यस आवमा ७६ लाख ६७ हजार ८९ रुपैया कुल आम्दानी गर्न सफल भएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्