कुमरखोद, पुष १८। झापा गाउँपालिका वडा नं २ झापा बजारमा रहेको कुमरखोद साना किसान कृषि सहकारी संस्थाले शनिबार छैंठो वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

संस्थाकी अध्यक्ष कल्पना खड्काको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि झापा गाउँपालिका अध्यक्ष जयनारायण शाह रहेका थिए । अध्यक्ष खड्काले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै ५३८ जना शेयर सदस्य रहेको सो संस्थामा महिला ४९० र पुरुष ४८ जना रहेको बताइन् । संस्थाले १ करोड ४९ लाख ८ सय २४ रुपैयाँ ऋण लगानी गरेको छ भने बैकबाट १ करोड १६ हजार रुपैयाँ ऋण लिएको छ । त्यस्तै संस्थाको शेयर पूँजी २४ लाख ९३ हजार ३ सय ७९ र कुल वचत ३५ लाख ४५ हजार ५ सय २३ रुपैयाँ रहेको छ । यस आर्थिक वर्ष २०७६–७७ मा कुल आम्दानी २३ लाख ३ हजार १ सय २९ र खर्च १८ लाख ९८ हजार ९ सय ८ आठ रुपैयाँ रहेको बताउँदै अध्यक्ष खड्काले सम्पूण खर्चहरु कटाएर ४ लाख ४ हजार २ सय २१ रुपैयाँ नाफा कमाएको जानकारी दिइन् ।

कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष शाह र विशिष्ट अतिथि उपाध्यक्ष कुन्तीदेवी वुढाथोकीले संस्थामा उत्कृष्ट हुने समुहहरुलाई दोसल्ला ओढाई सम्मान प्रमाण–पत्रसहित सम्मान गरेका थिए । उत्कृष्ट हुनेहरुमा ऋणी समुह नं. २३ र ७४ ,उत्कृष्ट कृषि व्यवसाय समुह नं.१३ र ३५, उत्कृष्ट वचत समुह नं. ७१, ,उत्कृष्ट नियमित वचत समुह ९ का वुद्धमाया श्रेष्ठ , उत्कृष्ट जेष्ठ नागरिक वचतमा समुह नं. ६० का मिनाकुमारी खड्का रहेका छन् । संस्थामा लगनशील र मेहेनती भई काम गर्ने भौवाकुमारी थापालाई समेत दोसल्ला र प्रमाण–पत्रसहित सम्मान गरिएको थियो ।

वडाध्यक्ष नेत्रवहादुर खड्काले स्वागत गरेको कार्यक्रमको अतिथिमा राजकुमार यादव , सुन्दरलाल गणेश, रिता वर्देवा, केशव कटुवाल , उदय राजवंशी , राजकुमार कोच , युद्धमाया खड्का , शंकर शाह , राप्ती राजवंशी, पशुपतिलाल गणेशलगायत रहेका थिए । कार्यक्रमको संचालन संस्थाका प्रवन्धक रुपक राजवंशीले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्