दमक, पुष १८ । झापाको दमकमा रहेको एड्भान्स मल्टिस्पेसियलिटी हस्पिटलको अध्यक्षमा पुनः माधव पराजुली चुनिएका छन् ।

दमक ६ मा रहेको सो अस्पतालको सभाहलमा शनिबार सम्पन्न ५ औँ वार्षिक साधारणसभाले पुनः पराजुलीको अध्यक्षतामा ९ सदस्यीय अस्पताल सञ्चालक समिति सर्वसम्मत चयन गरेको हो ।

समितिको उपाध्यक्षमा कृष्ण तिम्सिना, सचिवमा परशुराम खरेल रहेका छन् भने सदस्यहरूमा डा. अनिल थापा, दीपक खरेल, डा.केपी सुबेदी, ऐश्वर्या तिम्सिना, भूपालराज कटुवाल र नारायण केसी रहेको अस्पताल प्रशासक चैतन्य बरालले जानकारी दिए ।

यस्तै साधारणसभाले अस्पतालको नयाँ भवन बनाउने तथा थप सेवा सुविधा बिस्तार गर्दै लैजाने निर्णय पारित गरेको सदस्य दीपक खरेलले जानकारी दिए ।त्यस अवसरमा नवनिर्वाचित अध्यक्ष पराजुलीले अस्पतालमा थप सेवा सुविधा बिस्तार गर्दै लैजाने प्रतिबद्धता जनाएका छन् । साधारणसभाले पारित गरेका योजनाहरू अंक्षरस पालना गराउन आफू दत्तचित्त भएर लाग्ने अध्यक्ष पराजुलीको भनाइ छ । अस्पतालले यस क्षेत्रका सेवाग्राहीहरूलाई समयानुकूल सेवाहरू पुर्याउन सदैव प्रतिवद्ध रहने उनले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्