बिर्तामोड , पुष १८ । इनर ह्वील क्लब अफ बिर्तामोड मिडटाउनले सयजना विपन्न वालबालिकालाई जाडोका लागि न्यानो लुगा वितरण गरेको छ ।

बिर्तामोड ७ का सन्थाल र मुसहर समुदायका विपन्न बालबालिकालाई इनर ह्वील क्लबले लुगा वितरण गरेको हो । खालबाडी टोल विकास संस्था , खालबाडी रेखा टोल विकास संस्था र समावेशी टोल विकास संस्थाका विपन्न बालबालिकाहरुलाई रारा चिया प्रशोधन उद्योगमा भेला गरी लुगा वितरण गरिएको क्लबले जनाएको छ । बिर्तामोड ७ मा धेरै विपन्नहरुको बसोबास रहेकाले त्यहाँ लुगा वितरण गरिएको क्लबले बताएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्