झापा , पुष १८ । राउत क्षेत्री सेवा समाज झापाको प्रथम साधारणसभा झापाको गौरादहमा शनिवार सम्पन्न भएको छ ।

विगत बर्षदेखि नै झापा जिल्लाभरि रहेका राउत क्षेत्रीहरुलाई समेटनेगरी राउत बन्धुहरुले बंशावली प्रकाशन तथा विभिन्न गतिविधिहरु गर्दै आएका छन् । वशिष्ठ गोत्र राउतहरुले एकत्रित हुँदै राउत बन्धुहरुमा भाईचाराको भावनाअनुरुप बन्धुहरुको उत्थान कुलपुजा ,देवाली ,संस्कार संस्कृतिको जगेर्ना गदै राउत बन्धुको उत्थानका लागि स्थापित राउत क्षेत्री सेवा समाजको मुख्य उद्धेश्य रहेको छ । तदर्र्थ समिति शनिबारबाट पूर्ण समिति भएको छ । राउत क्षेत्री सेवा समाज नेपालका केन्द्रिय अध्यक्ष इन्जिनियर भगवान राउतको प्रमुख आतिथ्य तथा केन्द्रिय भवन निर्माण समितिका आर्थिक संयोजक जीवन राउत तथा केन्द्रिय कुलायन मन्दिर काठमाण्डौका मुल पुजारी गणेशबहादुर राउतको विशिष्ट आतिथ्यमा नयांँ झापा जिल्ला कार्य समिति निर्वाचित भएको हो ।

वशिष्ठ ऋषिमुनिका सन्तान आफूहरु ज्ञान बुद्घिले भरिपूर्ण भएपनि एक ठाउँमा संगठित हुन नसकिरहेको हुँदा अव हरेक जिल्लामा राउत क्षेत्री सेवा समाज गठन गरेर देश विदेशमा भएका राउतहरुलाई एउटै मालामा उन्न सफल रहनुपर्ने धारणा प्रमुख अतिथि भगवान राउतले राखे । ४४ जिल्लामा राउत क्षेत्री सेवा समाज सक्रिय हुँदै आएकोमा झापाले यसको थालनी गरेको र ७ सय भन्दाबढी परिवारलाई समेटेर राउत क्षेत्री सेवा समाज झापा गठन भएकोमा खुसी व्यक्त गरे । नयाँ समितिमा अध्यक्ष सुरविर राउत हल्दीवारी, उपाध्यक्ष बाबा राउत दमक ५, सचिव महेशकुमार राउत मेचीनगर १५, सहसचिव दिपेन्द्र राउत बिर्तामोड ४, कोषाध्यक्ष पदमबहादुर राउत दमक ,सहकोषाध्यक्ष लोकेन्द्रराज राउत कमल गापा ५ रहेका छन् ।

त्यस्तै सदस्यमा काजीबहादुर राउत गौरादह , सन्तोष राउत विर्तामोड २ , दिपबहादुर राउत भद्रपुर ,अर्जुन राउत मेचीनगर, सरस्वती राउत मेचीनगर १० तथा दुई महिलासहित १३ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित भएको छ । कुल पुजा निर्माणका लागि जग्गादाता स्वर्गीय कल्याणबहादुर राउतका सन्तानहरु मोहन , रमेश ,विनोद राउत गौरादहलाई सम्मान गरिएको थियो भने राउत क्षेत्री सेवा समाजलाई स्थापनाकालमा सहयोग गर्नुहुने व्यक्तिहरुलाई मरणोपरान्त स्व.गणेशबहादुर मेचीनगर, स्व.रणबहादुर बिर्तामोड ,स्व लिलाबहादुर मिक्लाजुङ्ग ,स्व नरेन्द्रबहादुर कमल ५, हवल्दार स्व लोकबहादुर ,स्व.चानककुमार गौरादह,स्व.रविनकुमार राउत मेनपालाई सम्मान गरियो । राउत बन्धुहरुको इतिहास लेख्न खेल्नुभएको योगदानको उच्च सम्मान गर्दै कमलबहादुर,चक्रबहादुर , रामबहादुर , लोकबहादुर , पुर्णबहादुर, डम्वरबहादुर र जीवन राउतलाई सम्मान गरियो । त्यस्तै सल्लाहकार समितिमा कमलबहादुर राउत विर्तामोड २, गणेशबहादुर राउत विर्तामोड १० , विनोदकुमार राउत गौरादह १ , गोपालबहादुर राउत मेचीनगर १५, रामबहादुर राउत बैगुनधुरा , चक्रबहादुर राउत बैगुनधुरा , हेमकुमार राउत दमक , चेतबहादुर राउत मेचीनगर १५ रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्