बिर्तामोड, पुस १९ । कोहेड टोल विकास संस्थाले कोहेड कलेजमा कक्षा–११ र १२ मा पढ्ने विद्यार्थीलाई लागुऔषध तथा दुव्र्यसनी सम्वन्धि प्रशिक्षण दिएको छ । इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले दिएको प्रशिक्षणमा १ सय बढी विद्यार्थीको सहभागिता रहेको थियो ।


कोरोना कहरपछि समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तरगत पहिलो कार्यक्रम सम्पन्न गरेको प्रमुख रिजालले बताए । पछिल्लो समय लागुऔषध दुव्र्यसनी तथा कारोबारी पक्राउ पर्ने क्रम बढ्दै गएको छ । लागुऔषध सेवन, ओसारपसार र विक्री वितरणमा किशोरकिशोरीको सहभागिता बढ्दो दरमा रहेकाले उनीहरुलाई लक्षित गरी कार्यक्रम गरिएको रिजाल बताउँछन् ।


कोहेड कलेजका प्रिन्सिपल उमानाथ ओलीको प्रमुख आतिथ्य एवं कोहेड टोल विकास संस्थाकी अध्यक्ष पार्वता विमली अध्यक्षतामा सम्पन्न कार्यक्रममा ओम विमलीलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्