दमक , पुष १९ । मोहन मगर (मिन) को अध्यक्षतामा दमक नगरस्तरीय फुटबल समिति गठन गरिएको छ ।

नगरपालिकामा आइतबार सम्पन्न फुटबल खेलाडी र क्लवका प्रतिनिधिहरुको भेलामा फुटबल खेलको विकास गर्ने उद्देश्यले फुटबल समिति गठन गरिएको अध्यक्ष मगरले बताए ।
सर्वसम्मत गठित समितिको उपाध्यक्षमा विनोद भण्डारी,सचिवमा किशोर कार्की र सदस्य सुशिल तामाङ,मनोज कुमार धिमाल,चन्द्रकुमार गिरी, नवराज गुरुङ,शिव धिमाल ,देउमान लिम्बु (भाइचुङ ), गोपाल चेम्जोङ ,अजिन लिम्बू रहेका छन् । नवगठित समितिले क्लव प्रतिनिधि तथा सल्लाहकार चयन गर्ने अध्यक्ष मगरले जनाएका छन् ।
यसैबीच समितिले दमकमा छिट्टै वडास्तरीय फुटवल प्रतियोगिताको आयोजना गर्नुका साथै फुटवल खेलको विकास गर्न खेलकुद गतिविधिहरु सञ्चालनसमेत गरिने अध्यक्ष मगरले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्