दमक, पुष १९ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वले दमकमा मदन भण्डारी स्पोर्टस् एकाडेमी गठन गरेको छ ।

दमक ९ स्थित पूर्व एमाले पार्टी कार्यालयमा रहेको रत्नकुमार वान्तवा स्मृति भवनमा आइतबार सम्पन्न भेलाले लोकेश न्यौपानेको अध्यक्षतामा एकाडमी गठन गरेको हो । एकाडमीको उपाध्यक्षमा खेम बराल, सचिवमा सुरेश भण्डारी , सहसचिवमा प्रविन पाठक र कोषाध्यक्ष जमुना निरौला अधिकारीलगायत रहेका छन् ।

खेलकुदका माध्यमबाट युवाहरुलाई संगठित र प्रशिक्षित गर्ने उद्देश्यले ओलीको गृहजिल्ला झापामा यतिखेर धमाधम एकाडमी विस्तार गर्न थालिएको छ । फाउण्डेशन विस्तार कार्यमा ओलीद्वारा मनोनित नयाँ केन्द्रिय सदस्यहरु खटिएका छन् ।

संविधानसभा सदस्यसमेत रहेका मनोनित केन्द्रिय सदस्य दिपक कार्कीको प्रमुख आतिथ्यता रहेकोे भेलामा अर्का मनोनित केन्द्रिय सदस्यद्वय होमबहादुर थापा , अम्बिका खनाल,युवा संघ झापाका संयोजक शम्भु भण्डारी, बोधराज न्यौपाने , गणेश बस्नेत, इन्द्र गुरुङ, राजकुमार थापा दिपेश दाहाल, सन्तोष दुलाल, डम्बर अधिकारी, राजकुमार थापालगायतको उपस्थिति रहेको थियो ।
फाउण्डेशनका झापा जिल्ला सदस्य भिमराज केसीको अध्यक्षतामा भएको सो भेलाको सञ्चालन युवा संघ नेपाल दमक नगर अध्यक्ष राम पौडेलले गरेका थिए । यसअघि बिर्तामोड, गौरादह र शिवसताक्षीमा पनि सोही किसिमको स्पोर्टस् एकाडेमी गठन भईसकेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्