बिर्तामोड, पुष १९ । वीरता जेसीजको बर्ष २०२१ को लागि अध्यक्षमा राजिव धिमाल निर्वाचित भएका छन् ।

वीरता जेसीजको ४० औं अधिवेशनबाट धिमाल सर्वसम्मत निर्वाचित भएका हुन् । अध्यक्ष पदका लागि धिमालसहित घनश्याम चौधरी, प्रविण खड्का, दिवाकरलाल चौधरी, दिवाकर प्रसाई, प्रकाश सुवेदी, जीवनकुमार खड्काको उम्मेदवारी रहेको थियो ।

अरु ६ जना उम्मेदवारले सहमति, सहकार्य र एकताको संदेश प्रवाह गर्दै जेसीज सदस्यहरुलाई एक ढिक्का बनाएर अघि बढ्न सहजता होस् भन्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए । त्यसैगरी वीरता जेसीजका अन्य पदाधिकारीहरु पनि निर्वाचित भएका छन् ।
निर्वाचित हुनेहरुमा कानुनी सल्लाहकारमा प्रविण खड्का, सहसचिव टिकाराम खतिवडा, उपाध्यक्षमा जनक खड्का, कृष्ण अग्रवाल, अमरदीप साह, सुरज चौधरी रहेका छन् । जनसम्पर्क अधिकारी अनन्तलाल महतो, तालिम संयोजक प्रभात मास्के सर्वसम्मत निर्वाचित भएको निर्वाचन निर्देशक निवर्तमान अध्यक्ष विशाल थापाले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्