बिर्तामोड, पुष २० । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं १ को तेस्रो वार्षिक साधारणसभा बिर्तामोडमा शुरु भएको छ ।

बिर्तामोड नगरपालिकाका नगर प्रमुख धुर्वकुमार शिवाकोटीले सो साधारणसभाको उद्घाटन गरे । महासंघका प्रदेश अध्यक्ष नरेन्द्रकुमार खड्काको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका केन्द्रीय सदस्य गजेन्द्र भगत , मानार्थ सदस्य किशोर प्रधान , बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईलगायतले शुभकामना मन्तव्य राखेका थिए ।महासंघका केन्द्रीय सदस्य तथा प्रदेश उपाध्यक्ष राजेन्द्र राउतले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको संचालन प्रदेश सदस्य कुमारमणि पोखरेलले गरेका थिए ।

साधारणसभाले महासंघको १५ सदस्यीय नयाँ नेतृत्व चयन गर्ने भएको छ । महासंघको प्रदेश अध्यक्षको लागि झापा भद्रपुरका टीकाराज ढकालले उम्मेद्वारी दिने बुझिएको छ । नयाँ नेतृत्व चयनका लागि सर्वसम्मतको प्रयास भइरहेको एक सहभागीले बताए । कार्यक्रममा प्रदेशभरिका उद्योगी व्यवसायीका प्रतिनिधिहरुको सहभागिता रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्