झापा, पुष २० । झापाको हल्दीवारी गाउँपालिकामा खोलामा डुबेर एक बृद्धाको मृत्यु भएको छ ।

हल्दीबारी –५ बस्ने ७२ बर्षिया हरिमाया बेघाको स्थानीय भुतेनी खोलामा डुबेर मृत्यु भएको हो ।
गएराति साढे ८ बजे भुतेनी खोला तर्ने क्रममा अचानक खोलाले बगाएर उनको मृत्यु भएको हो । घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी जलथलबाट टोली खटिगएको र लाशलाई पोष्टमार्टमको लागि लगिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्