बिर्तामोड, पुष २० । नेपाल उद्योग वाणिज्य महासंघ १ नम्बर प्रदेशका अध्यक्षमा उद्योगी टिकाराज ढकाल चयन भएका छन् ।

आज बितामोडमा भएको तेस्रो साधारणसभाले ढकाललाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । भद्रपुरका पुराना तथा अग्रज उद्योगी ढकाल झापा उद्योग संघका अध्यक्ष पनि हुन् । त्यस्तै सदस्य पदमा युवराज शाक्य , कुमार भट्टराई , भूपालराज कट्वाल , विरेन्द्रकुमार शाह , प्रितम खड्गी निर्वाचित भएका छन् । एसोसिएट उपाध्यक्षमा राजेन्द्र राउत, कोषाध्यक्षमा रमेशकुमार राठी तथा त्यस्तै एसोसिएट सदस्यमा सुवाष आचार्य र राजन श्रेष्ठ चयन भएका छन् । त्यस्तै जिल्ला नगर उपाध्यक्षमा भीमबहादुर पौडेल सर्वसम्मत निर्वाचित भएका छन् । महासंघमा ३५ जिल्ला नगर, १३ वस्तुगत र १२७ एसोसिएट सदस्य छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्