कमल , पुष २० । प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले झापाको कमल गाउँपालिका २ समयगढस्थित महेन्द्ररत्न माध्यमिक विद्यालयको १४ कोठे पक्की भवनको शिलान्यास गरेका छन् ।

विद्यालयमा आयोजित एक कार्यक्रमकाबीच मन्त्री कार्कीले विद्यालय भवनको वैदिक विधिपूर्वक शिलान्यास गरेको प्रधानाध्यापक बालकृष्ण संग्रौलाले बताए । उनका अनुसार नेपाल सरकारको १ करोड ६५ लाख ६८ हजार ८७७ रुपैयाँको लागतमा एकतले पक्की विद्यालय भवन निर्माण शुरु गरिएको हो ।


भवन शिलान्यासका क्रममा मन्त्री कार्कीले भवन निर्माणको काम गुणस्तरीयसंगै समयमै पूरा हुने कुरामा आफू विश्वस्त रहेको बताए । गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्ले पोख्रेलको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा कमल गाउँपालिकाका उपाध्यक्ष वेनु शिवाकोटी, कमल २ का वडाध्यक्ष तारानाथ न्यौपाने, वडा नं १ का वडाध्यक्ष केदार कट्वाल, वडा नं ४ का वडाध्यक्ष प्रेमबहादुर राई, कमल गाउँपालिका शिक्षा समितिका सदस्य राजनबहादुर ढुङ्गानालगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले निर्माण हुने विद्यालय भवनका बारेमा प्रकाश पारेका थिए भने शिक्षा समिति सदस्य राजनबहादुर ढुङ्गानाले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्